अब जोखिम देखिएका ठाउँ पूर्ण बन्द गरेर कोरोना परीक्षणको दायरा बढाउने

अब जोखिम देखिएका ठाउँ पूर्ण बन्द गरेर कोरोना परीक्षणको दायरा बढाउने

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले कोरोना सङ्क्रमणको जोखिम देखिएका ठाउँ पूर्णरुपमा बन्द गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । हिजो बसेको सीसीएमसी निर्देशक समिति बैठकले बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकताअनुसार सङ्क्रमण देखिएको ठाउँ बन्द गरेर पीसीआर परीक्षणको दायरा बढाउने निर्णय भएको बताउनुभयो । आगामी भदौ १ गतेबाट सुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिएको छ । बैठकले बन्दाबन्दी खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार