कोरोनाका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो

कोरोनाका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो

कोरोना भाइरस (कोभिड–१९) का कारण वीरगञ्जम थप दुई जनाको मृत्युु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । वीरगञ्जमा ३५ र ६५ वर्षका पुरुषको हिजो उपचारका क्रममा मृत्यु भएको हो । वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको उपचारकै क्रममा हिजो करिब ८ बजे मृत्यु भएको गण्डक अस्पतालका डाक्टर निरज सिंहले बताउनुभयो । वीरगञ्जमा घरमै मृत्यु भएका एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले हिजो दिउँसो स्वाब सङ्कलन गरेको थियो । बेलुका ती व्यक्तिमा कोरोना पुष्टि भएको रिपोर्ट आएको हो ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप दुई सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको हालसम्मको जम्मा सङ्ख्या १९ हजार पाँच सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय २७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त हुनेको हालसम्मको जम्मा सङ्ख्या १४ हजार दुइ सय ४८ पुगेको छ । काठमाडौँ उपत्यका प्रवेश गर्नेको पीसीआर परीक्षण गरिहेको सरकारले अब प्रवेश विन्दुमा नै क्वारेन्टाइनमा व्यवस्थापन गर्ने भएको छ । काठमाडौं प्रवेश गर्ने नाकामा गरीएको परीक्षणमा सङ्क्रमण देखिन थालेपछि प्रवेश नाकामै क्वारेन्टिनको व्यवस्था गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । मन्त्रालयले, कोभिड–१९ परीक्षणको लागि स्वीकृति पाएका सबै निजी प्रयोगशालालाई आफैंले स्वाब सङ्कलन गरेर परीक्षण गर्न दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार