रामेछापका २६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ६२ जना क्वारेन्टिनमा

रामेछापका २६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ६२ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म ५ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकाका १४ र गोकुलगंगा गाउँपालिकाका १२ जनाको स्वाब संकलन गरी परीक्षणको लागी पठाइएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म ५ सय ५ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा २७ , मन्थली नगरपालिकामा १ सय ७ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६५, दोरम्बा गाउँपालिकामा १६ , लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

जिल्लाका ६२ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा मंगलबार अर्थात आजसम्म ६२ जना क्वारेन्टिनमा रहेका छन । ६ जना महिला र ५६ जना पुरुष गरि ६२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिनुभयो । उहाँका अनु्सार अनुसार मन्थली नगरपालिकामा २६ , रामेछाप नगरपालिकामा ३ , गोकुलगंगा गाउँपालिकामा १२ , दोरम्बा गाउँपालिकामा ३ , लिखुतामाकोशी गाउँपालिकामा ५ र सुनापति गाउँपालिकामा १३ गरी जिल्लाभर ५६ जना क्वारेन्टिनमा रहेका छन् । उमाकुण्ड र खाँडादेवी गाउँपालिकामा भने कोहि पनि बसेका छैनन् । जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार