रामेछापका ५३० जनाको पीसीआर परीक्षण, ५७ जना क्वारेन्टिनमा

रामेछापका ५३० जनाको पीसीआर परीक्षण, ५७ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म ५ सय ३० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय ५ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा २७ , मन्थली नगरपालिकामा ९३ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ५३ , दोरम्बा गाउँपालिकामा १६ , लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

 जिल्ल्लाका ५७ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा शनिबार अर्थात आजसम्म ५७ जना क्वारेन्टिनमा रहेका छन । ३ जना महिला र ५४ जना पुरुष गरि ७४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिनुभयो । उहाँका अनु्सार अनुसार मन्थली नगरपालिकामा २७ , रामेछाप नगरपालिकामा २ , खाँडादेवी गाउँपालिकामा २ , गोकुलगंगा गाउँपालिकामा ११ , दोरम्बा गाउँपालिकामा ७ , लिखुतामाकोशी गाउँपालिकामा २ र सुनापति गाउँपालिकामा ६ गरी जिल्लाभर ५७ जना क्वारेन्टिनमा रहेका छन् । जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार