रामेछापको पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछापको पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया सुनुवारको घरमा बस्दै आएकी अन्दाजी ४८ वर्षीया लाटी सुनुवारको मृत्यु भएको हो।

प्राप्त जानकारीअनुसार साउन ५ गते साँझ करिब ५:०० बजे कटहर टिप्न रुखमा चढेकी सुनुवारले समातेको कटहरको हाँगा/फल अचानक चुडिँदा त्यसले टाउकोमा चोट लागेको र उनी करिब १५ फिट तल भुइँमा खसेकी थिइन्।

गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि स्थानीय शिरिषे मेडिकलमा लगिएको थियो। चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेका बेला आज दिउँसो करिब २:०० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार