रामेछापका स्थानिय तहले कति पाउँदै छन अनुदान ?

रामेछापका स्थानिय तहले कति पाउँदै छन अनुदान ?

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि स्थानीय तहलाई ९० अर्ब २० लाख ४६ हजार रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ।

स्थानीय तहतर्फ समानीकरण अनुदानमा न्यूनतम ३० अर्ब ८३ करोड, सुत्रमा आधारित ५५ अर्ब ७६ करोड ७७ लाख र कार्यसम्पादनमा आधारित तीन अर्ब ६० करोड ६९ लाख गरी ९० अर्ब २० लाख ४६ हजार रुपैयाँ सिफारिस गरेको हो।

जस अनुसार रामेछापकोे मन्थली नगरपालिकाले १८ करोड ८३ लाख, रामेछाप नगरपालिकाले १४ करोड ७७ लाख, खाँडादेवी गाउँपालिकाले १३ करोड २१ लाख, उमाकुण्ड गाउँपालिकाले १२ करोड ७१ लख, लिखु तामाकोशी गाउँपालिकाले १२ करोड ४२ लाख र गोकुलगंगा गाउँपालिकाले ११ करोड ८९ लाख रुपैयाँ पाउने भएका छन्।

आागमी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान दोरम्भा गाउँपालिकाले ११ करोड ८८ लाख र सुनापति गाउँपालिकाले १० करोड ५६ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार