रामेछापको ओख्रेनीमा नगरपालिकाको घुम्ति शिविरःसैयौँले लिए सेवा

रामेछापको ओख्रेनीमा नगरपालिकाको घुम्ति शिविरःसैयौँले लिए सेवा

रामेछापको रामेछाप नगरपालिकाको चालू आ.ब.२०८१/०८२ को दोश्रो चौमासिक अवधिमा सम्पादित सेवा प्रवाह र बिकास निर्माण कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रम आईतबार (आज) सम्पन्न भएको छ । वडा नं ६ ओख्रेनीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सहित एकिकृत घुम्ति शिविर कार्यक्रम भएको हो ।

घुम्ति शिविरमा स्वास्थ्य, महिला बालबालिका, योजना, कृषी तथा पशुपंछी बिकास शाखाको न्युनतम सेवा प्रवाह भएको थियो । शिविरबाट कृषि तर्फ २ सय ७० सेट विभिन्न फलफूल तथा तरकारीको विउ र मिनि किट वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी होम बहादुर थापाले जानकारी दिनुभयो ।

पशुपंक्षि तर्फ १ सय ९५ वटा गाई भैँसी,१३ सय ४९ वटा भेडा बाख्रा,१ सय १२ वटा बंगुर र ११ सय २० वटा कुखुराको लागी कृषकहरुले विभिन्न रोगको औषधि लगेका छन । १३१ जना कृषकले पशु परामर्श सेवा लिएका छन ।

५४ वटा जेष्ठ नागरिक परिचय पत्र वितरण,स्वास्थ्य तर्फ भिडियो ऐेक्सरे सेवा २६ जना,स्वास्थ्य परीक्षण १ सय २२ जना,पाठेघरको मुखको परीक्षण ३० जना र १ सय १० जनाले आयूर्वेद उपचार सेवा लिएको सूचना अधिकारी थापाले बताउनुभयो । सबै सेवा गाउँमै पाउँदा ओख्रेनीबासी खुशी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार