रामेछाप अस्पताल रामेछापमा हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन । अस्पतालमा विशेषज्ञ/विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो ।
यहि फागुन २६ गते सोमबार मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा दिनेछन ।
विर अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ,नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. रश्मी वास्ताकोटी र नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. सुमेध मिश्रले बिरामीलाइ सेवा दिनुहुनेछ ।
बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीले नाम दर्ता गर्न सक्नेछन् । बिहान ११ बजेदेखि बिरामी चेकजाँच सुरु हुने अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा गर्नुभएको सेवाग्राहीलाइ अनिवार्य बिमा कार्ड लिएर आउन पनि अस्पताल प्रशासनले आग्रह गरेको छ ।