रामेछाप सुनारपानीका अपाङ्गता भएका ब्यक्तिहरुलाई बाख्रा वितरण

रामेछाप सुनारपानीका अपाङ्गता भएका ब्यक्तिहरुलाई बाख्रा वितरण

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुकालाई बाख्रा वितरण गरिएको छ । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले उक्त वडाका ३० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई फागुन ६ गते बाख्रा वितरण गरेको हो ।

मन्थली नगरपालिका र वडा कार्यालय संगको समन्व र वागमति प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोगमा सो संस्थाले चिठ्ठा मार्फत बाख्रा वितरण गरेको थियो । स्थानिय राजनितिक दलका प्रतिनिधि,सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख,वडा अध्यक्ष रविन कार्की लगायत स्थानिय सरोकारवालाहरुको रोहबरमा मन्थली नगरपालिकाकी उप– प्रमुख ईश्वरी बस्नेतले सहभागि अपाङ्गता भएका ब्यक्तिहरुलाई बाख्रा वितरण गर्नु भएको थियो ।

सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी उप– प्रमुख ईश्वरी बस्नेतले सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापको संयोजनमा गरिएको बाख्रा वितरणले सुनारपानि भित्रका अपाङ्गता भएका ब्यक्तिहरुको आर्थिक उपार्जनमा सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा बोल्दै उपमेयर वस्नेतले सरकारले शुरु गरेको बाख्रा वितरण जस्ता कार्यले अपाङ्गता भएका ब्यक्तिहरुको आर्थिक तथा सामाजिक विकासमा पनि टेवा पुग्ने भन्दै यस कार्यमा नगरपालिकाले पनि कडाईका साथ अनुगमन गर्ने भन्दै सबैलाई ईमान्दारीताका साथ बाख्रा ब्यवस्थापन गर्दै दीर्घकालिन जिवन निर्वाहका लागी सबैलाई आग्रह गर्नु भयो ।

३५ जनालाई प्रवोधिकरण र १५ लाई शैक्षिक सामाग्री वितरण

यसैविच उक्त संस्थाले मन्थली नगरपालिका भित्र रहेका ३५ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गता अधिकार र कानूनी परामर्श सम्बन्धि प्रवोधीकरण तालीम दिलाएको छ ।

बागमति प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोग र मन्थली नगरपालिका संगको समन्वयमा संचालिन भएको उक्त तालिममा प्रशिक्षकद्धय मीना पौडेल र सोनिका ढकालले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको उद्घाटन तथा समापन मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले औपचारीक रुपमा गर्नु भएको थियो ।

त्यसैगरि सो संस्थाले मन्थली नगर भित्रका दुई वटा माविका १५ जना छात्र छात्राहरुलाई शैक्षिक सामागि प्रदान गरेको छ । बागमति प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोग र मन्थली नगरपालिकासँगको समन्वयमा मन्थली मावि र भैरवी माविका छात्र छात्राहरुलाई मन्थली नगर प्रमुख श्रेष्ठले उक्त शैक्षिक सामाग्रि प्रदान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार