रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरुमा पुगेर उपप्रमुख बाल कुमारी कार्कीले पोषणयुक्त खानेकुरा वितरण गर्नुभयो ।
गर्भवती महिलाहरुको लागी निशुल्क भिडियो एक्सरे सेवा पनि प्रत्येक वडामा पुगेर प्रदान गरिएको उपप्रमुख कार्कीले बताउनुभयो । अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुको संख्या बढाउन र पौष्टिक खानकुरा खुवाउनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम निकै प्रभावकारी भएको उहाँले बताउनुभयो ।
घरघरमा सुत्केरी गराउने प्रचलन हटाउन र सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्वयुक्त खानेकुरा र सुत्केरी कोसेली झोला उपहार दिइएको हो । मंगलबार(आज) वडा नं ७ सुकाजोरका १७ जना सुत्केरी र १४ जना गर्भवती महिलालाई पौष्टिक तत्वयुक्त खानेकुरा वितरण गरिएको हो । गर्भवती महिलालाई अण्डा र सुत्केरी महिलालाई घ्यू, तेल र बेबि किट वितरण गरिएको हो ।