सिद्वेश्वर शिक्षा पव्लिक क्याम्पसको १९ ओैँ बार्षिकोत्सव सम्पन्न

सिद्वेश्वर शिक्षा पव्लिक क्याम्पसको १९ ओैँ बार्षिकोत्सव सम्पन्न

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा न २ सोतर्मुमा रहेको सिद्वेशवर शिक्षा पव्लिक क्याम्पसको १९ ओैँ बार्षिकोत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ ।

पूर्व मन्त्री तथा समाजसेवि आङ छिरिङ लामाको अध्यक्षता तथा उमाकुण्ड गाउपालिका अध्यक्ष सेर बहादुर सुनुवारको प्रमुख आतित्यतामा कार्यत्रलम भएको हो ।
कार्यक्रममा २०६३ सालमा स्थापना भएको क्याम्पसलाई हालसम्मको अबस्थामा ल्याउन महत्त्वपूर्ण सहयोग पुर्याउने संस्थापक अध्यक्ष लगायत क्याम्पस प्रमुख एबम विभिन्न ब्यक्तित्वहरुलाई प्रशंसा पत्र तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा उक्त क्याम्पस निर्माण गर्न योगदान गर्ने ब्यक्तिहरुको तस्बिर कार्यलयभित्र सार्बजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै सिद्वेश्वर शिक्षा पल्बिक क्याम्पसका क्याम्पस प्रमुख जगदिश बस्नेतले सबैको साथ र सहयोगले रामेछाप जिल्लाकै आफ्नै बिद्यालयको जग्गा भएको उक्त क्याम्पस स्थापना हुन सकेको बताउनुभयो । त्यस्तै उमाकुण्ड गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारले क्याम्पस संञ्चालनमा महत्त्वपूर्ण भुमिका खेल्नुहुने जग्गादाता तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने ब्यक्तिहरुलाई इतिहासले सम्झिरहने बताउनुभयो ।

त्यस्तै जिल्ला शिक्षा समन्वय ईकाइ रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बाम्तिभण्डारमा यस्ता मनकारी ब्यक्तिको सहयोग देख्दा मनमा खुसिले आँखा रसाएको बताउनुभयो । कार्यक्रममा बोल्दै शिक्षाविद एवं क्याम्पस निर्माणमा ठूलो योगदान पुर्याउनु भएका क्यापस प्रमुख ज्ञान बहादुर क्षेत्रीले क्याम्पस निर्माण गर्दा र हालसम्मको अबस्थाको बिषयमा आफ्ना धाराणाहरु राख्नु भएको थियो ।

पूर्व मन्त्री तथा समाजसेवि आङ छिरिङ लामाको अध्यक्षतामा नयाँ क्याम्पस संञ्चालक समिती पनि गठ्न गरिएको छ । सोही कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगदीश बस्नेतले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा, उक्त वार्षिक प्रगति प्रतिवेदन, क्याम्पसको आ.व. २०८०÷०८१ लेखापरीक्षण प्रतिवेदनलाई सभाले अनुमोदन गर्दै क्याम्पसको नयाँ संचालन समिति र क्याम्पस प्रमुख समेत चयन गरिएको थियो । नवगठित क्याम्पस संचालन समितीको क्याम्पस प्रमुखको रुपमा जगदिश बस्नेत चयन हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार