१६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानले रामेछापका महिलालाई छोएन

१६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानले रामेछापका महिलालाई छोएन

मुलुकमा १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको छ । मङ्सिर २५ गतेसम्ममा देशभरमा नै विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम भइरहेका छन् । रामेछापको रामेछाप नगरपालिकाले पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ ।

तर नगरपालिकाको गेटमै ईटा बोकी रहेका महिलाहरुलाई यो अभियानले छुन सकेको छैन । सुकिलो कपडा लगाएर हातमा प्लेकार्ड बोकेर नारा लगाउँदै हिँडेका नगरका जनप्रतिनिधी,कर्मचारी र केही टाठाबाठा महिलाहरुलाई मात्रै यो अभियानले छोएको छ । यस्ता अभियानहरु हिंसा पीडित महिलाहरु समक्ष पुग्नै सकेको छैन ।

हरेक वर्ष यो अभियान विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको भएपनि यसले सार्थकता पाउन सकेको छैन । महिलाहरुमाथि हुने हिंसा अन्त्य हुन सकेको छैन । समाजका केही गलत अभ्यासहरूले गर्दा नेपाली समाजमा महिलाप्रतिको विभेद, हिंसा, तथा दुव्र्यवहारका घटना भइरहेका छन् ।

ग्रामीण भेगमा छोराछोरीको विभेद कायमै रहेको छ । समाजमा जातिय र भेगिय असमानता तथा विभेद पनि उत्तिकै छ । पढेलेखेका महिलाहरू पनि हिंसा भोग्न बाध्य रहेका छन । मुलुकमा सङ्घीयता कार्यान्वयनमा आएपछि स्थानीय सरकारमा सुगम तथा दुर्गम क्षेत्रका महिलाहरूले नेतृत्व गरिरहेका छन् ।

तर नेतृत्व तहमै पुगेका महिलाहरु हिंसा सहेर बस्न बाध्य छन । समाजमा इज्जत जाने डरले उनिहरुले हिंसाको घटना बाहिर ल्याउने नगरेको एक महिला अधिकारकर्मीले ईरामेछापसँग बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार