जुनार जोन संचालन समन्वय समिति रामेछापको संयोजकमा गुन्ज ब कार्की चयन 

जुनार जोन संचालन समन्वय समिति रामेछापको संयोजकमा गुन्ज ब कार्की चयन 

जुनार जोन संचालन समन्वय समिति रामेछापको संयोजकमा गुन्ज ब कार्की चयन हुनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ रामेछापले आयोजना गरेको एक भेलाले कार्कीको संयोजकत्वमा ९ सदस्यीय समन्वय समिति गठन गरेको हो ।

जसअनुसार संयोजकमा गुन्ज बहादुर कार्की,उपसंयोजकमा पदम बहादुर लामा,सचीवमा कैलाश चौहान,सह सचीवमा चिना कुमारी तामाङ,सदस्यहरुमा क्रमशः ढाल बिक्रम कार्की,दिपक कुमार खत्री,तारादेवी मगर,सपना तामाङ मगर र प्रेम कुमारी तामाङ रहेका छ्न ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार