खुल्ला पुरुष फुटबल प्रतियोगिताको फाइनलमा आयोजक शैले शिखर र हिमगंगा खेल्ने 

खुल्ला पुरुष फुटबल प्रतियोगिताको फाइनलमा आयोजक शैले शिखर र हिमगंगा खेल्ने 

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल मंगलबार हुने भएको छ । सोमबार भएको सेमिफाइनल खेलमा हिमगंगाले खड्ग दल गणलाइ पराजित गरेको हो भने शैले शिखरले लायन्स क्लबलाइ पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । शैले शिखर र हिमगंगा फुटबल क्लब बिचको फाइनल खेल मंगलबार बिहान १० बजेपछि सुरु हुनेछ ।

मंगलबार नै तेस्रो स्थानको लागि खड्ग दल गण र लायन्स क्लब खेल्ने छ्न । यो खेल बिहान ७ बजेपछि सुरु हुने आयोजक शैले शिखर युवा क्लबका अध्यक्ष श्याम थापा मगरले जानकारी दिनुभयो ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । शैले शिखर युवा क्लब रामेछाप नगरपालिका ७ सिम्लेको आयोजना र डि.आर.एम अटो स्पेयर पार्ट एण्ड वर्कशपको सह आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुने टिमले क्रमश नगद ५० हजार,२५ हजार र १० हजारको साथमा ट्रफी,मेडल र प्रमाण पत्र पाउने छ ।

उत्कृष्ट खेलाडी,गोलकर्ता,डिफेन्डर र किपरलाई नगद २ हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । तिहारको अवसरमा प्रतियोगिता संचालन गरिएको आयोजकले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार