रामेछापका ८ वटै स्थानीय तह विपद् संकटग्रस्त क्षेत्रको सूचिमा

रामेछापका ८ वटै स्थानीय तह विपद् संकटग्रस्त क्षेत्रको सूचिमा

सरकारले रामेछापका ८ वटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ जिल्लाका ४३ वटा पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

रामेछापको मन्थली नगरपालिका,रामेछाप नगरपालिका,खाँडादेवी गाउँपालिका,दोरम्बा शैलुङ गाउँपालिका,सुनापती गाउँपालिका,लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

केहि दिन अघि बसेको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको बैठकले पनि जिल्लाका ८ वटै पालिकाहरुलाई संकटग्रस्त क्षत्र घोषणा गर्न सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार