रामेछापेली कलाकारहरुको दशैँ विशेष लोकभाका ‘आयो दशैँ’ सार्वजनिक

रामेछापेली कलाकारहरुको दशैँ विशेष लोकभाका ‘आयो दशैँ’ सार्वजनिक

नेपालीहरुको महान पर्व बडा दशैँको शुभकामना सहित दशैँ विशेष लोकभाका ‘आयो दशैँ’ सार्वजनिक गरिएको छ । रामेछाप जिल्ला स्थायी घर भएका गायक तथा कलाकारहरुको नयाँ दशैँ विशेष गित सांगितीक बजारमा आएको हो ।

नविन पुलामी मगर,मंगल मगर र तुलसा सुनुवारको सुमधुर आवाज रहेको गितमा सरिता थापा मगरको शब्द रहेको छ । नविन पुलामी मगरको संगित रहेको गितमा घर छोडेर परदशीएकाहरु र घरदेशमा रहेका परिवारबिचको कुराकानीलाई समेटिएको छ ।

दशैँ आएपछि परदेशमा रहेकाहरु र घरमा भएकाहरुको भावनालाई शब्दमा समेटेर तयार पारिएको मनछुने लोकभाकाको भिडियो पनि निकै राम्रो बनेको छ । शुक्रबार दिपक सुनुवार नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको गितमा गेहेन्द्र राना मगर,सजिना आले,नविन पुलामी मगर,राम विपी मगर,कनैया रावत,बाल कलाकारहरु प्रितम र आयुषाको अभिनय रहेको छ ।

गितको भिडियो हेर्न तल क्लिक गर्नुहोस् : 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार