रामेछाप भंगेरीका नेवार समुदायको लाखेनाच सुरु

रामेछाप भंगेरीका नेवार समुदायको लाखेनाच सुरु

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा रहेका नेवार समुदायले देखाउने लाखेनाच आज (सोमबार) देखी सुरु भएको छ । भंगेरी लाखे नाच सांस्कृतिक समुहले यहि भदौ ३ देखी १० गतेसम्म लाखेनाच प्रदर्शन गर्न लागेको हो । २००९ सालदेखी निरन्तर रुपमा भंगेरीका नेवार समुदायले लाखे नाच प्रदर्शन गर्दै आएका छन ।

यस बर्ष ५ गते हिले जात्राको दिन र १० गते श्रीकृष्ण जन्माष्टमीका दिन विशेष सांस्कृतिक कार्यक्रम सहित लाखे नाच देखाउन लागिएको भंगेरी श्रेष्ठ समाजका उपाध्यक्ष कुवेर श्रेष्ठले जानकारी दिनुभयो । भदौ ५ गते भंगेरी धारापानी शिवमन्दिर,भिमसेनस्थान,मानेँडाँडामा लाखे नाच देखाईने छ ।

भदौ १० गते श्रीकृष्ण जन्माष्टमीका दिन पालेवन,रामेछाप माथिल्लो बजार,खड्ग दल गणको व्यारेक,रामेछाप नगरपालिकाको प्राङ्गण,मानेँडाँडा,भंगेरी भिमसेनस्थान र धारापानी शिवमन्दिरमा विशेष सांस्कृतिक कार्यक्रम सहित लाखे नाच देखाउने कार्यक्रम रहेको छ ।

श्रीकृष्ण जन्माष्टमीका दिन राती १० बजे झगडे चौर भंगरीमा लाखे बद्य गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । नेवारी मात्रै नभएर विभिन्न जातजातिका भेषभूषा सहित विविधि सांस्कृतिक कार्यक्रम सहित लाखे नाच प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार