रामेछापको सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीको घटना बढ्यो

रामेछापको सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीको घटना बढ्यो

पटक पटक प्रहरीबाटै चोरीका घटनाहरुलाई ब्यहोर्दे आएको जिल्ला सदरमुकामको मन्थली बजारले पुनः चोरीका घटनाको सामना गर्नु परको छ । पछिल्लो समयमा विभिन्न चोरीका घटना घटि रहेको बेला रातिको समयमा पार्किड गरि राखेको मोटर साईकलको पाट पुर्जा चोरिमा पनि प्रहरीको संलग्नता भेटिएको भन्ने कुरालाई त्यहाँको सिसिटिभिको फुटेजले पुष्टि गर्दा पनि प्रहरी मौन रहेको स्थानिय ब्यवसायी एवं नागरिक समाजका अगुवा नारायण बस्नेतले वताउनुभयो ।

यसभन्दा पहिला पनि एउटा मोटरसाइकल प्रहरीले नै चारी गरी पार्टपुर्जा निकालेर बेचेको घटना सार्वजनिक भएको थियो । पछिल्लो समय हराएको मोटरसाइकल पनि भेटिएको छैन । नट बोल्ट चोरी गर्ने पनि प्रहरी नै संलग्न भएको वजारबासिहरुको आरोप रहेको छ । गतअसार २० गते मध्यराति मन्थली बचत तथा ऋण सहकारी संस्थाको मोटरसाइकल चोरी भएकोमा उक्त मोटर साईकलका बारेमा अहिले सम्म पनि प्रहरी बेखवर छ ।

करीव एक महिना अघि बागमती प्रदेश ०२–०४५ प ५५७३ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल चोरीको घटना सेलाउन नपाउँदै पुनः मन्थली बजार क्षेत्रका विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाकलका नट बोल्टहरु रातिको समयमा चोरीने र पत्ता नलाग्ने जस्ता घटनाहरुबाट मन्थली वासीहरुले आफुलाई असुरक्षित महसुस गरेको बताएका छन ।

रातिको समयमा पार्किङ गरेको ठाउँबाट केहीदिन अगाडि मात्रै मन्थली स्थित रेडक्रस लाइनमा पार्किङमा राखिएको बा ७४ प ३१२ नम्बरको एफजेट मोटरसाइकलको ह्यान्डीलको दुई वटा नट बोल्ट चोरी भयो । उक्त घटनालाई पनि प्रहरीले सार्वजनिक गरेको छैन् । यो घटना सँगै पार्किङमा राखिएको बा.प्रदेश–०२–०४४ प ७५५० नम्बरको एफजेट भि–२ मोटरसाइकलको पनि रातको समयमा ह्यान्डीलको दुई वटा नट बोल्ट नै चोरी भयो र यो घटनाको पनि अहिले सम्म दोषि पत्ता नलाग्नु पनि दुखद कुरा भएकोे स्थानियहरुको भनाई रहेको छ ।

मोटर साईकलको चोरीबाट हौसिएकाहरु वा अरु कुनै समुह विषेशले एक पछि अर्काे गर्दै गर्ने गरेको चोरीका घटनाले मन्थली बजारमा करोडौका लगानीमा राखिएको सिसि क्यामरालाई गिज्याएको छ भने पुलिस प्रति पनि उक्त घटनाले सर्व साधारणको अविश्वास बढाएको छ ।यस बाहेकका अन्य एक दुई वटा यस्ता मोटरसाइकलका पनि नट बोल्ट चोरी भएको स्थानीयहरु बताउछन् ।

मन्थली बजार बासीहरु अहिले पार्किङ गरेर राखिएका मोटरसाइकल तथा पार्ट पुर्जाहरु चोरी हुने होकि भन्ने त्रासमा रात विताई रहेका छन् । यस्ता घटनाहरु दिनानु दिन बढिरहेको भए पनि प्रहरीले चोरीमा संलग्नहरुको पहिचान गरी कारबाही गर्न नसक्नुले सुरक्षा ब्यवस्थामा प्रश्न उठेको छ ।

तर यसमा प्रहरीले आवश्यक अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाएर कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ । जनताको जनधनको सुरक्षार्थ खटिएका प्रहरी नै यस्ता घटनामा संलग्न भएको घटनालाई प्रहरी स्वयंमले छिपाउनु भनेको र्दुभाग्यपुर्ण कुरा हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले अहिले प्रहरीले चोरीका घटना हुन नदिन तथा चोरी गर्नेको पहिचानका लागि मन्थली बजारमा विशेष निगरानी बढाएको बताउनुभयो ।

उहाँले मोटरसाइकल लगायत अन्यचोरीका घटना हुन नदिन रातको समयमा प्रहरीको नियमित गस्ति बढाउनुका साथै मन्थली बजार क्षेत्रमा मदन आश्रीत चोक क्षेत्र र बसपार्क र एयरपोर्ट हेर्ने गरी २ वटा प्रहरी पोष्ट थप गरिएको जानकारी पनि दिनुभयो ।

असार २० गते हराएको मोटरसाइकलको प्रहरीले खोजिकार्य जारी राखेको र चोरी भएको मोटसाइकल फेला पार्न प्रहरीले सिसिटिभी फुटेज हेरेर धेरै प्रयास गरिरहेको र त्यसका लागि आवश्यक अनुसन्धान सहित खोजि कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

मोटरसाइकलको नट बोल्ट चोरी भएको सम्बन्धमा आवश्यक अनुसन्धान गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नै रहेको पाइएपछि घटनामा संलग्न प्रहरीलाई विभागिय कारबाहीका लागि सिफारिस भई पठाउने तयारी भइरहेको डिएसपी सिंहले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार