यि हुन मिस्टर एन्ड मिस मोडल र लिटिल मोडल अफ रामेछापको विजेता

यि हुन मिस्टर एन्ड मिस मोडल र लिटिल मोडल अफ रामेछापको विजेता

रामेछाप जिल्लामा सञ्चालन हुँदै आएको मिस्टर एन्ड मिस मोडल अफ रामेछापको सिजन–५ र लिटिल मोडल अफ रामेछापको सिजन–४ प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्लामा लुकेर रहेका प्रतिभाहरूको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देशले किङस्टार क्रियशन प्रा.लि ले प्रतियोगिता आयोजना गरेको थियो ।

मिस्टर एन्ड मिस मोडल अफ रामेछाप सिजन–५ को उपाधि रिमिता चौहान र लिटिल मोडल अफ रामेछाप सिजन–४ को उपाधि दुई विधाबाट प्रनव श्रेष्ठ र कुसाङ् लामाले जित्नु भएको छ ।

शनिवार सम्पन्न ग्राण्ड फिनालेमा अन्य दुई प्रतिस्पर्धी कोपिला खत्री र सपना पुरीलाई पछि पार्दै मिस्टर एन्ड मिस मोडल अफ रामेछापकोे उपाधि चौहानले हात पार्नुभएको हो । मिस्टर एन्ड मिस मोडलमा यो पटक तीन जनाले मात्रै भाग लिएका थिए ।

लिटिल मोडल अफ रामेछापमा ग्रुप ‘ए’ बाट प्रवन श्रेष्ठले उपाधि हात पार्नुभयो भने फस्ट रनरअप केइशा थापा र सेकेन्ड रनरअप प्रेन्सा मुग्राती बन्नुभयो ।
ग्रुप ‘बि’ बाट कुसाङ लामाले उपाधि जित्दा फस्ट रनरअप सुप्रिया कर्माचार्य बन्नुभयो । त्यसैगरी प्रतियोतिाको सेकेण्ड रनरअप प्रतीक्षा श्रेष्ठ बन्नुभयो ।

किङ्स्टार क्रियाशन प्रा.लि.ले आयोजना गरेको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाई समेत अवार्ड प्रदान गरिएको आयोजक संस्थाका निर्देशक सुमन खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार