रामेछापमा मिस्टर एन्ड मिस मोडल र लिटिल मोडल अफ रामेछाप हुँदै

रामेछापमा मिस्टर एन्ड मिस मोडल र लिटिल मोडल अफ रामेछाप हुँदै

रामेछाप जिल्लामा सञ्चालन हुँदै आएको मिस्टर एन्ड मिस मोडल अफ रामेछापको सिजन–५ र लिटिल मोडल अफ रामेछापको सिजन–४ प्रतियोगिता हुने भएको छ । जिल्लामा लुकेर रहेका प्रतिभाहरूको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देशले किङस्टार क्रियशन प्रा.लि ले यो प्रतियोगिता गर्न लागेको हो ।

एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्थाले अहिले धमाधम अडिशन चलिरहेको जनाएको छ । किङस्टार क्रियशन प्रालिका व्यवस्थापक सुमन खड्काले प्रतियोगितामा सहभागी हुन इच्छुकले सम्पर्क गर्न आग्रह गर्नुभयो ।

अडिसनबाट छनोट भएका प्रतियोगीहरूलाई मन्थलीमा तयारी कक्षा सञ्चालन गरिने उहाँको भनाई छ । जिल्लाका १४ वर्षदेखि २९ वर्ष उमेर समुहकाले मिस्टर एन्ड मिस मोडल अफ रामेछापमा र ६ वर्षदेखि १३ वर्ष सम्मकाले लिटिल मोडल अफ रामेछापमा सहभागी हुन पाउनेछन् ।

मोडलिङ क्षेत्रमा केही गर्छु भन्नेहरुको लागी यो कार्यक्रम निकै महत्वपूर्ण हुने व्यवस्थापक खड्काले बताउनुभयो । प्रतिभा भएका तर परिवारको आर्थिक अवस्था कमजोर भएर कुनै पनि ठाउँमा जान नसकेकाहरुलाई लक्षित गरी जिल्लामै किङस्टार क्रियशन प्रालिले यो कार्यक्रम संचालन गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार