नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । रामेछाप अस्पताल रामेछापमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो ।

२०३० असार १० गते स्थापना भएको संघले आज(सोमबार) ५१ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ संयुक्त जिल्ला शाखा रामेछाप/दोलखाले बिरामीलाई फलफुल वितरण गरेको हो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,नगरपालिकाका प्रबक्ता समीर कार्की,वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ सहितको उपस्थितमा फलफुल वितरण गरिएको हो ।

अस्पतालमा बेड भर्ना भएका १२ जना बिरामीलाई स्याउ,केरा र जुस वितरण गरिएको नेपाल औषधि व्यवसायी संघ संयुक्त जिल्ला शाखा रामेछाप/दोलखाका अध्यक्ष जीवन कुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार