रामेछाप नगरपालिकाकोे वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

रामेछाप नगरपालिकाकोे वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

रामेछापको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आईतबार(आज) १५ औँ नगरसभामा उपप्रमुख बाल कुमारी कार्कीले पेश गर्नुभएको नीति तथा कार्यक्रम र बजेट पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।

नगरपालिकाका प्रबक्ता समिर कार्कीले वार्षिक नीति तथा कार्यक्रम र बजेट पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो । नगरपालिकाले मेघा विद्यालय संचालन गर्ने,विद्यालयमा साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम संचालन गर्ने,साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा विकास गर्ने,दही मही खाऔँ,कोल्ड ड्रिंक्स भगाऔँ अभियान संचालन गर्ने,अधुरा र क्रमागत पूर्वाधार विकास आयोजना र कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर क्षेत्र भित्रका सरकारी तथा सार्वजनिक जग्गाहरुको एकिन गरी खोजी र संरक्षण गरिने,शुल्कमा आधारित फोहोर संकलन र व्यवस्थापनको प्रबन्ध मिलाईने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाले आगामी आ.ब २०८१/८२ मा कुल आय ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँ अनुमान गरेको छ ।

१५ औँ नगरसभाबाट आर्थिक विद्येयक २०८१,विनियोजन विद्येयक २०८१,न्यायिक समितिको प्रतिवेदन ,रामेछाप नगरपालिकाको स्थानिय मदिरा उत्पादन,ब्रान्डिङ तथा बिक्रि वितरण व्यवस्थापन सम्बन्धि विद्येयक २०८१ को मस्यौदा विद्येयक समेत स्वीकृत भएको छ ।

यस्तो छ रामेछाप नगरपालिकाकोे वार्षिक नीति तथा कार्यक्रम र बजेट पुरा भिडियो : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार