बिद्यालयको बार्षिक उत्सवमा वडाध्यक्ष घिमिरे सम्मानित

बिद्यालयको बार्षिक उत्सवमा वडाध्यक्ष घिमिरे सम्मानित

रामेछापको मन्थली नगरपालिका ४ मा रहेको श्री सेती देवी माध्यमिक बिद्यालयले आफ्नो बार्षिक उत्सवको अवसरमा वडाध्यक्षलाई सम्मान गरेको छ ।

बिद्यालयले ६४ औ बार्षिक उत्सवको अवसरमा वडाध्यक्ष राजन घिमिरेलाई वडा भरिमै शैक्षिक सुधारका लागि प्राथमिकतामा राखेर काम गरेको भन्दै सम्मान गरेको हो। वडाध्यक्ष निर्वाचित भएर जिम्मेवारी सम्हाले देखि नै वडाको शैक्षिक स्थित सुधारलाई प्राथमिकतामा राखेर काम गरेको वडाध्यक्ष घिमिरेले बताउनुभयो ।

बिकास र परिवर्तनका लागि शैक्षिक स्थिति र स्तरमा सुधार हुन जरुरी रहेको ठहर सहित आफुले वडामा काम गरेको उहाँको भनाइ छ । निश्चित स्रोत र साधनलाई सबैतिर ब्यबस्थापन गर्दा कठिन नै हुने रहेछ तर पनि प्राथमिकतामा काम गरेको घिमिरेले बताउनुभयो ।

बिद्यालयले बिहीबार मन्थली नगरपालिकाकी उपमेयर ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा बिबिध कार्यक्रम गरी ६४ औँ बार्षिक उत्सव मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार