रत्न गौतम विपन्न र असहायको सहारा बन्दै

रत्न गौतम विपन्न र असहायको सहारा बन्दै

नेकपा एमाले राष्ट्रिय परिषद् सदस्य रत्न गौमले विगत लामो समयदेखि विपन्न र असहाय नागरिकको समस्यामा समाधानमा सयोगी भूमिका निभाउँदै आउनु भएको छ ।

सक्रीय राजनीति यात्रामा आफूलाई समाहित गरिरहनु भएका गौतम पेशाले निर्माण व्यवसायी हुनुहुन्छ । जिल्लामा निर्माण व्यवसायको क्षेत्रमा लागेर सम्पत्ति आर्जन गर्ने नेताहरु त धेरै छन् । अन्य निर्माण व्यवसायी र नेताहरुको तुलनामा गौतमको भूमिका पछिल्लो समय निकै अनुकरणीय बन्दै गएको छ । गौतमले अस्पतालमा उपचार गराइरहेका विपन्न नागरिकको उपचारमा होस् या त अभिभावक बिहीन बेसहारा बालबालिकाको समस्यामा गौतमको उदार हृदयसहितको दृष्टि पर्ने गरेको छ ।

उहाँले आर्थिक सहयोगदेखि विपन्न र समस्यामा परेका नागरिकसँग प्रत्यक्ष भेटेर उनीहरुको समस्यामा सहानुभूति प्रकट गर्नुहुन्छ । पछिल्लो समय नेपाली राजनीतिलाई नेताहरुले नागरिकलाई दिगभ्रमित बनाएर कमाई खाने भाडो बनाइरहेका बेला नेता गौतमको व्यवहारले भने राजनीति सेवा हो, नेता नागरिकका सुख, दुःखका साथी हुन् भन्ने कुरा प्रमाणित गरिरहेको छ ।

यसै क्रममा आइतबार एमाले नेता गौतमले अस्पतालमा उपचाररत बिरामी ७० वर्षीया मनमाया कडेलको उपचारमा आर्थिक सहयोग गर्नु भएको छ । पेटको शल्यक्रिया गराएर अस्पतामा उपचार गरारहनु भएकी दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ बस्ने ७० वर्षीया मनमाया कडेललाई एमाले नेता गौतमले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।

राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य तथा रामेछापका इञ्चार्ज राज कुमार खड्का, जिल्ला कमिटी रामेछापका सदस्य कस्मिर तामाङ, विनोद कडेल, नेत्र थापा मगरसहित बिरामी मनमाया कडेललाई भेट्न अस्पताल पुग्नु भएका समाजसेवी तथा नेता गौतमले सहयोग रकम बिरामी मनमायाका छोरा कृष्णहरी कडेललाई हस्तान्तरण गर्नु भएको थियो ।

बिरामी भेट्न अस्पताल पुग्नु भएका गौतमले बिरामीको स्वास्थ्यलाभको कामना समेत व्यक्त गर्नु भएको राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य राज कुमार खड्काले जानकारी दिनुभयो । केही महिनाअघि बाबु र आमा दुवै जना गुमाएपछि बेसहारा बन्न पुगेका रामेछापको मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरका तीन जना बालकलाई पनि आर्थिक सहयोग प्रदान गर्नु भएको थियो । आर्थिक अभावमा उपचारमा समस्या भएपछि अहिले रामेछापका विपन्न नागरिकले सम्झिने पहिलो नाम हो; रत्न गौतम ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार