विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा ३ सय २७ जनाले लिए सेवा

विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा ३ सय २७ जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउराली स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय २७ जनाले सेवा लिएका छ्न ।

रामेछाप नगरपालिकाको आयोजना र रामेछाप अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । रामेछाप नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु बहादुर कार्कीका अनुसार शिविरमा ७३ जनाले आँखा परीक्षण गराएका छ्न । ४० जनाले दन्त सेवा,८३ जनाले आयुर्वेदिक सेवा,८३ जनाले भिडियाे एक्सरे सेवा र ४८ जना महिलाले पाठेघरकाे क्यान्सर परिक्षण गराएका छ्न ।

शिविरमा जनरल फिजिसियन तथा पेट सम्बन्धि रोगहरु परीक्षण,स्त्री रोगको परीक्षण तथा उपचार र पाठेघरको मुखको क्यान्सर परीक्षण,दीर्घ रोगीहरु,भिडियो एक्सरे सेवा,दन्त सेवा,आँखा सेवा र आयुर्वेद सेवा प्रदान गरिएको थियो । भौगोलिक रुपमा टाढा रहेको देउरालीमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाउँदा नागरिकहरु खुशी भएका छ्न ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार