रामेछापको सुकाजोरमा शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाअध्यक्ष कार्यक्रम

रामेछापको सुकाजोरमा शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाअध्यक्ष कार्यक्रम

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाअध्यक्ष कार्यक्रम संचालन गरेको छ । वडामा रहेको ७ वटै विद्यालयका शिक्षकलाई नमुना विद्यालयहरुको भ्रमण गराएर ल्याएको वडाले शिक्षकहरुसँग अन्तरकृया कार्यक्रम गरेको हो । रामेछाप नगरपालिकाका प्रबक्ता समेत रहेका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाअध्यक्ष अन्तरकृया कार्यक्रम संचालन गर्नुभएको हो ।

सामुदायिक विद्यालयमा खस्कदै गरेको शैक्षिक अवस्थाको सुधारका लागी यो कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । “हामीले शिक्षा क्षेत्र सुधारका लागी वडामा रहेका ७ वटै विद्यालयका शिक्षकहरुलाई २ दिने शैक्षिक अवलोकन भ्रमण गराएर ल्यायौँ,भ्रमणबाट सिकेका कुराहरुको बारेमा उहाँहरुले प्रतिवेदन तयार गरेर वडालाई दिनुभएको छ ।”,उहाँले भन्नुभयो । शिक्षा क्षेत्र सुधारका लागी शिक्षक नै जिम्मेवार भएर काम गर्नुपर्ने भन्दै उहाँले ठाउँ,परिवेश र समय अनुसार सिकाउने शैलि पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

उहाँले सबै विद्यालयलाई शैक्षिक क्यालेण्डर बनाएर काम गर्न आग्रह गर्दै शिक्षकको सोच र वडाको श्रोतले नै शैक्षिक गुणस्तरमा वृद्धि हुने बताउनुभयो । धरै विद्यालयमा विद्यार्थी संख्या निकै कम रहेको भन्दै वडाअध्यक्ष कार्कीले विद्यार्थी संख्या बढाउने गरि काम गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । अबको शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन स्वरुप सम्मान गरिने उहाँले घोषणा गर्नुभयो ।

जिल्लाकै नमुना विद्यालय डहु मावि सहित काठमाण्डौँको २ वटा नमुना विद्यालयको अध्यन अवलोकन भ्रमण पश्चात भ्रमणबाट सिकेका कुरालाई आफनो विद्यालयमा लागु गर्ने शिक्षकहरुले लिखित रुपमा प्रतिवद्धता जनाएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार