नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका ५ सय बढीले लिए सेवा

नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका ५ सय बढीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आइतबार (आज)  भएको नाक,कान,घाँटी,नशा तथा मानसिक रोग शिविरमा ५ सय बढीले सेवा लिएका छन ।

मानसिक अस्पताल पाटन लगनखेल ललितपुरमा कार्यरत मानसिक तथा नशा रोग बिशेषज्ञ डा. नबिन देबकोटा र नाक,कान,घाँटी रोग सम्बन्धित वीर अस्पताल काठमाण्डौँमा कार्यरत विशेषज्ञ डाक्टर सुधिन कायस्थले शिविरमा सेवा दिनुभएको हो ।

“अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो । शिविरमा नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका विरामीहरुले सेवा लिएको उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालमा प्रत्येक महिनाको एक दिन बिशेषज्ञ डाक्टरसँग समन्वय गरेर मानसिक तथा नशा रोग बिशेषज्ञद्वारा मानसिक रोगीहरुको जांच तथा उपचार र परामर्श सहितको सेवा संचालन भैरहेको अस्पताल विकास समितिका अध्यक्ष पाख्रिनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार