रामेछाप नगरपालिकाले अपाङ्ग भएको व्यक्तिलाई वितरण गर्ने परिचयपत्रमा नगरपालिकाको आर्थिक चलखेल देखिएको समाचार केहि समय अघि विभिन्न अनलाईन मिडियाहरुमा आयो ।
नगरपालिका आफैले बनाएको कार्यविधि विपरित परिचयपत्र वितरण गरेर नगरपालिकाले आर्थिक चलखेल गरेको समाचार बाहिरिएपछि रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले यस विषयमा नगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभयो ।
उहाँले केही सपाङ्ग व्यक्तिहरुले गाउँ गाउँमा शिविर संचालन भएको बेला नाटक गरेर अपाङ्ग बनेर भक्ता खाइरहेको पाइएको बताउनुभयो । यस विषयमा थप अनुसन्धान भैरहेको उहाँको भनाई छ ।