जनता माविका विद्यार्थी बेहोस भएर ढल्न थालेपछी विद्यालय बन्द

जनता माविका विद्यार्थी बेहोस भएर ढल्न थालेपछी विद्यालय बन्द

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ मा रहेको जनता माध्यमिक विद्यालयले शुक्रबार(आज) एक दिन बिदा दिएको छ । विद्यालयमा अध्यनरत केही विद्यार्थीहरु बिरामी पर्न थालेको भन्दै विद्यालयले बिदा दिएको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक मिन बहादुर कार्कीका अनुसार केही विद्यार्थीहरुमा अचानक स्वास प्रस्वासको समस्या भएर ढल्ने,बेहोस हुने क्रम बढेकाले विद्यालयमा बिदा दिइएको हो ।

बिहिबार विद्यालयमा अध्यनरत ७ जना विद्यार्थीहरुमा यस्तो समस्या देखिएको थियो । ७ जना विद्यार्थीमध्ये एक जनालाई उपचारका लागी काठमाण्डौँ पठाइएको र बाँकी ६ जना स्थानिय स्वास्थ्य संस्थामा उपचारपछि निको भएको उहाँले बताउनुभयो । आईतबारदेखी विद्यालय खुल्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार