रामेछापका आङटावा शेर्पा सहित ७ जना उच्च अदालतमा

रामेछापका आङटावा शेर्पा सहित ७ जना उच्च अदालतमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा रहेका मध्य ७ जनाले उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रामेछापका पूर्व सांसद आङटावा शेर्पा र डा. इन्द्रजित राईसहित ७ जनाले दिएको निवेदन दर्ता भएको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो ।

फौजदारी कार्यविधि संहिता २०७४ को दफा(७३ बमोजिम ‘बेरितको आदेश बदर गरिपाउँ’ भन्दै निवेदन दिनेमा पूर्व सांसद आङटावा शेर्पा, नरेन्द्र केसी, गोविन्दबहादुर चौधरी, पूर्व सांसद डा.ईन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन र लक्ष्मी महर्जन छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेले असार १ मा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थुनामा राख्ने आदेश गर्नुभएको थियो । उच्चमा पुनरावेदन गरेकी लक्ष्मी महर्जन ५ लाख धरौटीमा रिहा भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार