जिल्ला अस्पताल नजिकैको जंगलमा लागेको आगो नियन्त्रणमा आएन

जिल्ला अस्पताल नजिकैको जंगलमा लागेको आगो नियन्त्रणमा आएन

जिल्ला अस्पताल रामेछाप नजिकैको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हिजो रातीदेखी लागेको आगो नियन्त्रणमा नआउँदा अस्पताल जोखिममा परेको छ । आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ । नेपाली सेना,प्रहरी,स्थानिय लगायतको सहयोगमा आगो निभाउने प्रयास भैरहेको हो । उक्त जंगलमा २०६६ साल वैशाख १० गते आगो निभाउने क्रममा श्री जंग गणका १३ जना नेपाली सेनाका जवानहरुको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार