मन्थलीमा पत्रकारलाई अनलाईन प्रविधिमा आधारित तालिम सुरु

मन्थलीमा पत्रकारलाई अनलाईन प्रविधिमा आधारित तालिम सुरु

रामेछाप जिल्लामा रहेर पत्रकारीता गरिरहेका क्रियासिल पत्रकारहरुलाई अनलाईन प्रविधिमा आधारित तालिम दिइएको छ । रेडियो,अनलाईन र पत्रिकामा कार्यरत विभिन्न पत्रकारहरुलाई तालिम दिइएको हो ।

नेपाल पत्रकार महासंघ बागमति प्रदेश र मन्थली नगरपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले बताउनुभयो । ५ दिन सम्म चल्ने उक्त तालिमको उद्धघाटन मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले गर्नुभयो ।

तालिममा रामेछाप जिल्लामा क्रियासिल करिव २५ जना पत्रकारहरुको सहभागिता रहेको छ । रामेछापमा हाल ९ वटा रेडियो,८ वटा पत्रपत्रिका र १५ वटा अनलाइन संचालनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार