रामेछापका एक वडाअध्यक्षले गरे बाटो बन्द गराएर छोरीको बिहे

रामेछापका एक वडाअध्यक्षले गरे बाटो बन्द गराएर छोरीको बिहे

रामेछापका एक वडाअध्यक्षले बाटो नै बन्द गराएर छोरीको बिहे गरेका छ्न । रामेछापको मन्थली नगरपालिका वडा नं ३ का वडाअध्यक्ष कृष्ण गोपाल थापाले बुधबार(आज) बाटो नै बन्द गराएर छोरीको बिहे गरेका हुन ।

मन्थली बजार स्थित बिनिता चोक नजिकै वडाअध्यक्ष थापाको घर छ । घरको आँगन नै नभएपछि ´सडक बन्द छ` भन्ने ब्यानर राखेर छोरीको बिहे गर्नुपरेको वडाअध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो,´हामिले सवारी साधन आवत जावतको बैकल्पिक बाटो भएकै कारण बाटो बन्द छ । अर्को बाटो जानुहोला भन्ने ब्यानर राखेका हौँ ।´ यसले कसैलाई असर परेको छैन । यदि कोहिलाइ असर परेको भए हामी क्षमा चाहन्छौँ वडाअध्यक्ष थापाले भन्नुभयो ।

वडाअध्यक्ष थापाकी छोरीको बिहे नसकुन्जेल बिनिता चोकको उकालो हुँदै जाने सवारी साधन कर कार्यालय अघिको सडक हुँदै आ-आफ्नो गन्तव्यमा प्रवेश गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार