मेनुका ताम्रकारद्वारा बुवाको स्मृतिमा दुःखी गरीबलाई खाना खुवाउन सहयोग

मेनुका ताम्रकारद्वारा बुवाको स्मृतिमा दुःखी गरीबलाई खाना खुवाउन सहयोग

मनकारी एवम् समाजसेवी मेनुका ताम्रकारले स्वर्गीय बुबाको स्मृतिमा बुबाको मोक्ष्य प्राप्ति होस भनी काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात भोक भोकै रात बस्न बाध्य भएका शयौं अशक्त तथा असहाय भएका गरीब दुःखीहरुलाई यही माघ २१ गते शनिबार रातको एक छाक तातो खाना खुवाउनु भएको छ ।

परोपकारी मेनुकाले काठमाडौंका विभिन्न मठ, मन्दिर, पाटी, पौवा, खोला किनारा, सडक पेटी लगायत पुल मूनी रात काट्न बाध्य भएका गरीब दुःखीलाई रातको एक छाक तातो खाना खुवाउनलाई युवा समाजसेवी प्रदिप घिमिरेलाई आर्थिक सहयोग गर्नु भएको हो ।

हाल संयुक्त राज्य अमेरिका बस्दै आउनु भएकी मेनुका ताम्रकारले जन्मोत्सव, विवाह उत्सव, पितृहरुको स्मृति तथा विभिन पर्वहरुका अवसरहरुमा भोजन सेवा गराउन युवा समाजसेवी प्रदिप घिमिरेलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आउनु भएको छ ।

बाल्यवस्था देखी नै परोपकारी कार्यमा अग्रसर रहने मेनुका मिलनसार साथै अरुको दुःख पीडा देख्न नसक्ने परोपकारी भावनाले ओतप्रोत समाजमा रहेका दिनदुःखीहरुको दुःखमा आफूले सकेको साथ सहयोग गर्न सँधै तत्पर रहने गर्दछिन् ।

मन्थली नगरपालिका वडा नं. ४ सालुका युवा समाजसेवी प्रदिप घिमिरेले कोरोनाको समय देखी काठमाडौंमा थालनी गरेको प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यमा साथ सकेको सहयोग र हौसला दिनलाई समाजसेवी मेनुकाले सबै सामु अनुरोध समेत गर्नु भएको छ ।

नेपालमा कोरोना भाइरसको सुरुवाती चरणदेखी सञ्चालन भएको तातो खाना अभियान निरन्त जारी छ । विविध कारणबस एक छाक खान नपाएर सडक पेटीमा बस्नेहरुका लागि युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यले तातो खाना अभियान सञ्चालन गरेका थिए । उक्त कार्य आजका मितिसम्म पनि सञ्चालनमा जारी राखेका छन् ।

(नोटः तपाइँहरु पनि गरीब दुःखीलाई एक छाक तातो खाना खुवाएर प्राण बचाउने कार्यमा सरिक हुन इच्छुक हुनुहुन्छ भने प्रदिप घिमिरे अमूल्य को फोन नं। ९८४११४१४६८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार