फर्म दर्ता गर्दैमा अनुदान पाईन्छ भन्ने भ्रममा नपरौँ,काम गरौँ नगर प्रमुख न्यौँपाने

फर्म दर्ता गर्दैमा अनुदान पाईन्छ भन्ने भ्रममा नपरौँ,काम गरौँ नगर प्रमुख न्यौँपाने

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले फर्म दर्ता गर्दैमा अनुदान पाईन्छ भन्ने भ्रममा नपर्न नागरीकहरुलाई आग्रह गर्नुभयो । नगरपालिकामा फर्म दर्ता हुँदैमा अनुदान नपाईने भन्दै उहाँले अनुदान प्राप्त गर्न काम पनि गरिरहेको हुनुपर्ने बताउनुभयो ।

नगरपालिकामा अनुदान चाहियो,मेरो पनि कृषि तथा पशुपालन फर्म दर्ता छ भन्दै धेरै आउने गरेको बताउँदै उहाँले काम गरिरहेका फर्महरुको कामको मुल्याङ्कनको आधारमा मात्रै नगरले अनुदान दिने बताउनुभयो । उक्त कुरा उहाँले रामेछाप नगरपालिकाले आयोजना गरेको तरकारी खेती विषयक अगुवा कृषक तालिमको उद्धघाटन कार्यक्रममा बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमार थापा कार्कीले सुख्खा ग्रस्त क्षेत्र रामेछाप नगरपालिकाका विभिन्न वडाहरुमा तरकारी,फलफूल तथा गेडागुडी उत्पादन भैरहेको बताउनुभयो । यो तालिमले कृषकहरुलाई तरकारी उत्पादनमा थप सहयोग पुग्ने विश्वास आफुले लिएको उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले नगरपालिकाले कृषकले उत्पादन गरेको चिजवस्तुहरु बजारसम्म पुर्याउन नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिरहेको बताउनुभयो । रामेछाप नगरपालिकामा बुधबारदेखी सुरु भएको तालिम दुईदिनसम्म संचालन हुनेछ ।

तालिममा कृषि क्षेत्रका विज्ञहरुले कृषकलाई तरकारी खेती,रोग किरा नियन्त्रण लगायतको बारेमा प्रशिक्षण दिने नगरपालिकाका प्रशासन शाखाका प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार