रामेछापमा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा ७१ जना उतिर्ण

रामेछापमा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा ७१ जना उतिर्ण

रामेछापमा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा ७१ जना उतिर्ण भएका छन । रामेछापमा १५४ पदका लागि भएको परीक्षामा ७१ जना मात्रै उतिर्ण भएका हुन । आयोगको तथ्यांक अनुसार लिखित परिक्षामा उतिर्ण भएकाहरुलाई गणना गर्दा रामेछापमा अझै ८३ पद रिक्त हुनेछ ।

आयोगले २०७८ साल चैत १९ गते र २०७९ असार १३ गते लिएको लिखित परीक्षाको नतिजा अनुसार माग गरेभन्दा धेरै कम परीक्षार्थी उतिर्ण भएको देखिएको छ । हालसम्म ५१ जिल्लाको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ ।

यसअघि माध्यमिक र निम्न माध्यमिक तहको शिक्षकको परीक्षामा पनि माग अनुसार परीक्षार्थी पास हुन सकेका थिएनन् । तर, अहिले मावि र निमाविको भन्दा भने सन्तोषजनक नतिजा आएको शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार