कम्प्युटर एसोसिएसन रामेछापको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

कम्प्युटर एसोसिएसन रामेछापको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

कम्प्युटर एसोसिएसन (क्यान महासंघ) रामेछापको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन आज मन्थलीमा सम्पन्न भएको छ ।सभाले निरज सापकोटाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमित चयन गर्दै अधिवेसन सम्पन्न गरेको हो ।

यसै गरि साधारण सभाले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश : दधिलाल नेपाल, राजु श्रेष्ठ ( विजय), दिपक कुमार श्रेष्ठ र झनक बुढाथोकी (उत्तम) तथा सदस्यहरुमा रविन्द्र श्रेष्ठ, नवराज श्रेष्ठ, गम्भिरराज दंगाल, सर्मिला भण्डारी चयन हुनुभएको छ ।

सभाले जिल्लाभित्र आगामी २ वर्ष भित्र प्रत्येक पालिकाका जनप्रितिनिधि, आइटीका सरोकारवाला निकाय र कर्मचारी समेतको सहभागीतामा स्मार्ट पालिका डिजिटल नेपाल यसैगरि प्रिन्टर तथा ल्यापटपको फ्रि सर्भिस क्याम्प, क्यान रामेछापमा आबद्ध व्यवसायी तथा सदस्यहरुका लागि डिजटल मार्केटिङ सम्बन्धी कार्यशाला, साइबर सेक्युरिटी सम्बन्धी कार्यशाला लगायतका कार्यक्रहरु सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

क्यान महासंघका केन्द्रीय सचिव शेखरनाथ दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा क्यान काभ्रेका उपाध्यक्ष दिपक सापकोटा, अधिवक्ता विचारसिं दोङ, पत्रकार महासंघ वागमति प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेलको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार