उम्मेदवारका नजिकका नातेदार चुनावमा खट्न नपाउने

उम्मेदवारका नजिकका नातेदार चुनावमा खट्न नपाउने

निर्वाचन आयोगले सरकारी कर्मचारी वा शिक्षकका संघसंस्थामा आवद्ध पदाधिकारीहरूलाई मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नखटाउने भएको छ । आयोगले चुनावका लागि सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति परिचालन गर्दैछ। तर उम्मेदवारका नजिकका नातेदार सरकारी कर्मचारी वा शिक्षक छन् भने उनीहरूलाई समेत निर्वाचन क्षेत्रमा खट्न नदिने आयोगले जनाएको छ ।

यस्तै जनशक्ति व्यवस्थापन निर्देशिकाले कार्यालयको सुरक्षामा खटिएका सुरक्षा गार्ड, पहरा बस्ने कर्मचारी र स्वास्थ्य, बिजुली, टेलिफोन, बैंक, वारूणयन्त्र, खानेपानीजस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई पनि चुनावमा नखटाउने भएको छ।उनीहरूलाई चुनावमा खटाउने हो भने वैकल्पिक जनशक्तिको व्यवस्था गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।

आयोगले चुनावमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार