यात्रुसँग बढी भाडा लिने दुई माईक्रोबसले बढी लिएको भाडा फिर्ता गरे

यात्रुसँग बढी भाडा लिने दुई माईक्रोबसले बढी लिएको भाडा फिर्ता गरे

तोकिएको भन्दा धेरै भाडा असुलेर यात्रु ओसार्ने २ वटा सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय रामेछापले बढी लिएको भाडा रकम सम्बन्धित यात्रुलाई फिर्ता गराएको छ । दुई कार्यालयको समन्वयमा यातायात साधनहरुलाई शुक्रबार मन्थली आसपास चेकजांच गर्ने क्रममा मालुखोलाबाट काठमाण्डौं जान थालेका दुई माईक्रोबसलाई कारवाहि स्वरुप जरिवाना समेत गरीएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मालुखोलबाट काठमाण्डौं सम्मको भाडा प्रति यात्रु ८ सय ८० रुपैया तोकिएको छ । तर माईक्रोबसले प्रतियात्रु १ हजार २ सय लिएको पाइएकोले प्रतियात्रु ३ सय २० रुपैयाका दरले भाडा रकम फिर्ता गराएको र सवारी साधनलाई जरिवाना स्वरुप २ हजारका दरले जरिवाना गराएको छ ।

दशैंमा सवारी साधनको अभाव देखाएर मनलागि भाडा असुल गरेर यात्रु ओसार पसार गर्ने गरेको गुनासोको आधारमा प्रहरीले सवारी साधन चेक जांचलाई तिव्रता दिएको छ । दशैं अघी समेत यस प्रकारको निगरानी प्रहरीले गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार