रामेछाप खाँडादेवीबाट गाँजा सहित एक पुरुष पक्राउ

रामेछाप खाँडादेवीबाट गाँजा सहित एक पुरुष पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले गाँजा सहित एक पुरुषलाई पक्राउ गरेको छ । बुधबार खाँडादेवी गाउँपालिका –३ आँपचौर बस्ने बर्ष ४९ का नबराज खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । खत्रीले किराना पसलमा अवैध गाँजा लुकाई छिपाई राखेको छ भन्ने खबर प्रहरीले पाएपछि ईलाका प्रहरी कार्यालय खाँडादेवीबाट प्रहरी निरीक्षक तेज प्रसाद कँडेल नेतृत्वको टोलीले उनको पसलमै गएर खन्तलासी गरेको थियो । प्रहरीले खन्तलासी गर्दा पसलको कुनामा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको अबैध गाँजा अन्दाजी २ किलो बरामद भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । यस बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार