नेपालमा डेङ्गी सङ्क्रमणबाट साउनयता सात जनाको मृत्यु

नेपालमा डेङ्गी सङ्क्रमणबाट साउनयता सात जनाको मृत्यु

साउनयता नेपालमा डेङ्गी सङ्क्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मृत्यु हुनेमध्ये चार जना डेङ्गी र तीन जनामा डेङ्गी सँगै दीर्घरोग रहेको पाइएको छ । चकित्सकहरूले डेङ्गी हुनुभन्दा अघि पनि ख्याल गर्न र भइसकेको खण्डमा पनि स्वास्थ्यलाइ लिएर संयमता अपनाउन आग्रह गरेका छन् ।

डा सुर्य पराजुलीले डेंगीको सङ्का लागे समयमै जाँच गराउन र स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभयो । डेङ्गीको सङ्क्रमण बढ्दै गइरहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी तथा सर्वसाधारणहरूलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको सूचनामा डेङ्गी रोगको सङ्क्रमणको जोखिम कम गर्न घर र कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार