घरबास उठन लागेको ऋण सहपाठिले तिरी दिए

घरबास उठन लागेको ऋण सहपाठिले तिरी दिए

६ बर्ष अघि मृत्यु भएका रामेछाप जिल्लाको मन्थली नगरपालिका २ का इम बहादुर बिकको परिवारलाई मन्थली माबिका २०५५ सालको एसएलसी ब्याजका विद्यार्थीले ऋणको भारबाट मुक्त गराई घरबार बिहिन हुनबाट जोगाएका छन ।

विकले २०७२ सालमा मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट घरजग्गा धितो राखेर ५० हजार रुपैँया ऋण लिएका थिए । ऋण लिएकै केही समयम उनको मृत्यु भए पछि उक्त ऋण ब्याज सहित ९५ हजार पुगेको थियो । बिकको मृत्यु पश्चात उनको नाबालक छोराले उक्त ऋण तिर्ने अबस्था थिएन र धितो लिलाम हुने स्थितिमा पुगि सकेको थियो ।
मृतक सहपाठी साथीको जग्गा नै लिलाम हुन लगेको र उनका छोराहरू घरबार बिहिन हुने अवस्था सुने पछि २०५५ साल एसएलसी ब्याजमा पढ्ने विद्यार्थीहरूले आफू आफूले धेरथोर रकम उठाएर सहकारीको ९५ हजार रुपैँया ऋण तिरिदिएका हुन ।

मंगलबार बिहान २०५५ सालको एसएलसी ब्याजले मन्थली माविमा एक कार्यक्रमको आयोजना गरी विकका छोराहरूलाई सहकारीको ऋण तिरेर निखनेको जग्गाधनी पुर्जा हस्तान्तरण गरेको हो । ९५ हजार मध्ये मन्थली बचतले ३५ हजार छुट गरिदिए पछि ६० हजार नगद २०५५ सालको एसएलसी ब्याजले तिरेको हो । मृतक बिकका २२, १८ र १२ वर्षका ३ भाइ छोरा छन । श्रीमतिको समेत निधन भइ सकेको बताइएको छ ।

विकका १२ वर्षीय छोरालाई मंगलबार नै विद्यालय सामाग्री समेत हस्तान्तरण गरिएको छ । उहाँले पढ्न चाहेमा उच्च शिक्षासम्मको खर्च समेत सोहि व्याजका विद्यार्थीले नै जुटाउने सहयोग हस्तान्तरण कार्यक्रमका अध्यक्ष तिर्थ सुबेदीले बताए ।

मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा मन्थली बचतले पनि पीडित परिवारलाई क्रिया खर्च बापतको रकम रु २० हजार हस्तान्तरण गरेको थियो ।

वडाध्यक्ष कार्कीले विकका छोराहरूको वृद्धि र बिकासका लागि आफू हर तवरले लाग्ने बताए । कार्यक्रम बोल्दै मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेले पनि छोराको अध्ययनका लागि आबश्यक सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार