नगरपालिकाको विभिन्न संस्कृतिको संरक्षण गर्न नगर प्रमुख न्यौपानेको आग्रह

नगरपालिकाको विभिन्न संस्कृतिको संरक्षण गर्न नगर प्रमुख न्यौपानेको आग्रह

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले रामेछाप साँस्कृतिक कलाकार समाजलाई नगरपालिकाको विभिन्न संस्कृतिको संरक्षण गर्ने खालका कार्यक्रमहरु सन्चालन गर्न आग्रह गर्नुभयो ।

रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप नगरपालिका कार्यसमितिको प्रथम साधारण सभा तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै उहाँले रामेछाप नगरपालिका विभिन्न जातिय संस्कृतिहरुको फुलबारी रहेको बताउनुभयो ।

तामाङ,मगर,हायु,माझी,नेवार,सुनुवार जस्ता विभिन्न जातिहरुको आफ्नै संस्कृति रहेको र त्यो संस्कृति संरक्षण हुने खालका काम गर्न रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप नगरपालिका कार्यसमितिले काम गर्नुपर्ने उहाँले बताउनुभयो । यसका लागी नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख न्यौपानेको भनाई छ ।

रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले रामेछाप साँस्कृतिक कलाकार समाजले स्थानिय कला संस्कृतिको संरक्षण र प्रबद्र्धनमा काम गर्दै आएकोमा खुशी लागेको भन्दै अब आन्तरिक पर्यटनको वृहतर विकासमा पनि काम गर्न अनुरोध गर्नुभयो ।

रामेछाप साँस्कृतिक कलाकार समाजका संस्थापक अध्यक्ष अमृत सुनुवारको प्रमुख आतिथ्यता र रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप नगरपालिका कार्यसमितिका अध्यक्ष नविन पुलामी मगरको सभापतित्वमा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्की, निवर्तमान अध्यक्ष राम कुमार पौडेल,प्रबक्ता राम कु नेपाली लगायत रामेछाप नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार