रामेछाप नगरपालिकामा ३६ जनाले गरे रक्तदान

रामेछाप नगरपालिकामा ३६ जनाले गरे रक्तदान

रामेछाप नगरपालिकामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाको समन्वय तथा स्थानिय तह कर्मचारी युनियन नेपाल रामेछाप, रामेछाप बिजनेश एन्ड प्रोफेसनल वमेन रामेछाप, समाज सेवा जागृती महिला बचत तथा ऋृण सहकारी सस्था लिमिटेड रामेछापको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रामेछाप उपशाखाका सहसचिव हरि कुमार कार्कीले जानकारी दिनुभयो । रगतको अभाबले कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको स्थानिय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष घनामाया श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार