यौन दुर्व्यवहारको आरोपमा होस्टल वार्डेन रामेछापबाट पक्राउ

यौन दुर्व्यवहारको आरोपमा होस्टल वार्डेन रामेछापबाट पक्राउ

छात्राहरुमाथि यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन् । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा रामेछापबाट पक्राउ गरेको हो ।सर्वनाम शिक्षालयका छात्राहरुले वार्डेन बस्नेतले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए । उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका थिए । होस्टलमा प्रहरी पुग्दा बस्नेतलाई फेला पार्न सकेको थिएन । प्रहरीले अनुसन्धानका लागि शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी उनकी पत्नीलाई पनि नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार