रामेछापमा मकै बाली किराले सखाप पार्न थालेपछि किसानहरु चिन्तित

रामेछापमा मकै बाली किराले सखाप पार्न थालेपछि किसानहरु चिन्तित

रामेछापमा फौजि किराले मकै बालि नष्ट गर्न थालिपछि किसाहरु चिन्तित बनेका छन । जोत्ने बेला भएको मकै किराले सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन । रामेछाप नगरपालिका ८ का किसान सम्बर बहादुर शाहीले मकैको बोट किराले सखाप पार्न थालेको बताउनुभयो ।

गत वर्षहरुमा पनि दुःख दिएको फौजि किराले यस वर्षपनि नछोडेको उहाँको भनाई छ । रामेछाप नगरपालिका ७ का कृषक गोपाल बहादुर महताराले मकैमा लागेको फौजि किरा नियन्त्रण गर्न विषादी किनेर छिटेको भएपनि किरा नियन्त्रण नआएको बताउनुभयो । गत वर्षहरुमा नगरपालिकाले निशुल्क विषादी वितरण गर्दा किरा नियन्त्रणमा सहयोग पुगेको भएपनि यस वर्ष आफैले विषादी खरिद गर्दा निकै महंगो पर्न गएको उहाँको गुनासो छ ।

रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलले यस वर्ष नगरपालिकाले फौजि किरा नियन्त्रणका लागी विषादी वितरण नगर्ने बताउनुभयो । गत वर्षहरुमा नगरपालिकाले निशुल्क विषादी वितरण गरेको भएपनि यस वर्ष बजेट नछुट्याइएको कारण विषादी वितरण गर्न नसकिएको उहाँको भनाई छ । हरियो रहर लाग्दो मकैको बोट रातारात किराले नष्ट गर्न लागेपछि स्थानीय किसान चिन्तित बनेका छन् । किसानहरुले यस वर्ष नगरपालिकाबाट विषादी नपाउँदा हुर्किने बेलाको बाली नष्ट हुँदा पनि टुलुटुलु हेरेर बस्न बाध्य भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार