मध्य रातिदेखि मौन अवधि सुरु हुने, आज प्रचारप्रसारको अन्तिम दिन

मध्य रातिदेखि मौन अवधि सुरु हुने, आज प्रचारप्रसारको अन्तिम दिन

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज मध्य रातिदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन हुनु ४८ घन्टा अघि चुनावी प्रचारप्रसार गर्न नपाइने निर्वाचन ऐन अनुसार आज मध्य रातिदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा प्रचारप्रसारलगाायतका गतिविधि गर्न पाइँदैन । त्यसकारण चुनावी प्रचारका लागि आज अन्तिम दिन हो। आज पनि सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरू चुनावी सभामा सहभागी हुँदैछन् ।

आचासंहिता विपरित टाँसिएका सामग्री हटाउनुपर्ने 

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।

मौन अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न निषेध गरिएको आयोगले जनाएको छ।स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन निजीक्षेत्र, विभिन्न सङ्घ संस्था, निकाय, गैरसरकारी संस्था, बैङ्क तथा वित्तीय संस्था, सहकारी सबैलाई बिदा दिन आयोगले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार