रामेछापमा २५ मतदान स्थल अतिसंवेदनशील, २६ वटा मतदान स्थल संवेदनशील

रामेछापमा २५ मतदान स्थल अतिसंवेदनशील, २६ वटा मतदान स्थल संवेदनशील

रामेछापमा २५ मतदान स्थल अतिसंवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा २६ वटा मतदान स्थल संवेदनशील र बाँकी ४१ वटा मतदान स्थल सामान्य रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिनुभयोे ।

जिल्लाको अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था कडा परिने उहाँले बताउनुभयो । निर्वाचन सुरक्षाका लागि जिल्लामा २ सय ५६ जना सशस्त्र प्रहरी, लगभग ७ सयको हाराहारीमा नेपाली सेना, प्रहरी र म्यादी प्रहरी गरी १७ सय सुरक्षाकमी परिचालन गरिने प्रजिअ पहाडीले बताउनुभयो । जिल्लामा ९२ वटा मतदान स्थलका २२३ वटा मतदान केन्द्र रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार