जनप्रतिनिधिले पहुँचवालाहरूलाई मात्रै प्राथमिकता दिएको मतदाताको गुनासो

जनप्रतिनिधिले पहुँचवालाहरूलाई मात्रै प्राथमिकता दिएको मतदाताको गुनासो

आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घर दैलोमा पुगेका छन् र आफ्नो योजना सुनाउँदै भोट मागिरहेका छन् । तर, खर्चिलो चुनावी प्रचारप्रसारसहित लोकप्रिय नारा लिएर घरदैलोमा पुगेका उमेद्वारलाई आम नागरिकले भने सजिलै विश्वास गर्न सकिरहेका छैनन् ।

जनप्रतिनिधिले निम्न वर्गभन्दा पहुँचवालाहरुलाई प्राथमिकतामा पारेर काम गरेका नागरीकहरुको गुनासो छ । पहिलेको चुनावमा जस्तै अहिलेको चुनावमा पनि घर दैलोमा आएका उम्मेदवारले विकास गरिदिने र रोजगारी दिने भन्दै आश्वासन बाँडिरहेको नागरीकहरुले बताएका छन ।

यसअघिका जनप्रतिनिधिले पाँच वर्षको अवधिमा गरेका काम प्रति पनि नागरिकहरू सन्तुष्ट छैनन् । चुनाव खर्चिलो बन्दै जाँदा जनप्रतिनिधिबाट विकास र सेवाको अपेक्षा गर्न नसकिएको पनि धेरैको भनाई छ ।

निर्वाचनमा उम्मेदवारहरू घरदैलोमा पुग्दा विभिन्न मतदातालाई लोभ, लालच र प्रलोभनमा पार्ने कोसिस गर्छन् । अहिले पनि उम्मेदवारहरूले त्यस्तै प्रयत्न गरिरहेका छन् । तर, काम गर्न सक्ने, भरोसायोग्य व्यक्तिलाई मतदाताले छनोट गर्नुपर्ने नागरिक अगुवाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार