ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना अब क्यूआर कोडबाट तिर्न सकिने

ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना अब क्यूआर कोडबाट तिर्न सकिने

ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना अब क्यूआर कोडबाट तिर्न सकिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कुमारी बैंकको क्यूआर कोडबाट रकम भुक्तानी प्रणाली सुरु गरेको हो । गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवात गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । जुनसुकै बैंकमा रहेको खाताबाट क्यूआर स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार